How to Managed SLC Exam


सुरक्षित विद्यालय र व्यवस्थित एसएलसी ः सरोकारवालाको भुमिका


नेपालको अन्तरिम संविधान २०६८ मा शिक्षा अधिकारलाई मौलिक हकको रुपमा राखिएको छ । रोजेको र चाहेको विद्यालयमा पढ्न पाउनु प्रत्येक बालबालिकाको अधिकार हो । वाल अधिकार महासंन्धिलाई नेपालले अनुमोदन गरेको २ दशक भईसक्यो ।
प्रत्येक वालवालिकाले पढ्न पाउनु उनीहरुको अधिकार हो । विद्यालय बालबालिकाको सर्वाडिङ्ग विकास गर्ने स्थान हो । सरकारले विद्यालयलाई शान्तीक्षेत्रको रुपमा स्थापना गर्ने भनेको छ । विद्यालय क्षेत्र सुधार योजना (२००९ – २०१५) ले विद्यालयहरुलाई शान्ति क्षेत्रको रुपमा पहिचान गरेको छ । सरकारले २०६८ आषाढ १२ गते सबै विद्यालयलाई शान्ति क्षेत्रको रुपमा घोषणा गरिसकेको छ । यसैगरी विद्यालय शान्तीक्षेत्र स्थापनाका लागि नेपाल सरकारले विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ जारी गरेको छ । वालवालिकाको सिकाई गतिविधिमा अवरोध आउने क्रियाकलतापहरु विद्यालयलाई शान्तीक्षेत्रको रुपमा स्थापना गर्ने वाधक हुन् । सुरक्षित तथा हिंसारहित वातावरणमा विद्यार्थीले अध्ययन गर्न पाउने कुराको सुनिश्चितताका लागि सबैले पहल गर्नु आवश्यक छ ।



कालिका प्रावि, सोनपुरको डेस्क वेन्चमात्र हैन, कार्यालय कोठाको टेवुल समेत चोरी भएको छ गएको दशैंमा । कार्यालय संचालन गर्ने ठाउ छैन । शिक्षक वस्ने कोठा छैन । यो प्रतिनिधि विद्यालयको कुरा मात्र हो । यो अवस्थामा कसरी हुन्छ होला सुरक्षित विद्यालय ? विचार गर्ने हो कि । पहिले शुल्क वृद्धिको विरोधमा शैक्षिक सत्रको शुरुवातमा विद्यालय वन्द हुन्थे , आजभोली शैक्षिक सत्रको अन्त्यमा । वन्द वाहेक विरोधका अन्य तरीका छन् कि विचार गरौं ।

मेरो बालबालिकाको पढाई कस्तो छ भनेर वर्ष भरि विद्यालय नआउने अभिभावक किन चिट चोराउन परिक्षा केन्द्र धाउँछ ? २२० दिन पढाई हुनुपर्ने विद्यालयमा १७० दिन पढाई हुदैन तर विद्यालय व्यवस्थापन समितिका पदाधिकारी परिक्षा केन्द्रमा स्वयंसेवक भएर चिट चोराउन व्यस्त हुन्छन् ? कस्को स्मरण शक्ति तिक्ष्ण छ भनेर परिक्षा लिने हाम्रो तरीकामा सुधारको खाँचो छ । विद्यार्थीहरुको किताबी ज्ञानको मात्र मुल्यांकन गर्न सकेको छ अहिलेको परिक्षा प्रणालीले । विद्यार्थीहरुको अरु क्षमताहरुको मूल्यांकन गर्न प्रचलित परिक्षा प्रणाली सक्षम छैन । शिक्षा प्राप्त गर्नु भनेको परिक्षा मात्र पास गर्नु होईन तर हाम्रो शिक्षा पद्दतीले पढ्नुको उद्देश्य परिक्षा मात्र पास गर्नु हो भन्ने गलत सोचाईलाई वल पुरयाईरहेको छ । विश्लेषण वा ज्ञानमा आधारित परिक्षा हैन, सूचनामा आधारित परिक्षा लिईन्छ । क्षमतालाई वाहिर ल्याउने हैन, सूचनालाई भित्र हुल्ने अहिलेको शिक्षा प्रणालीको शिकार भएको छ परिक्षा । जहाँ जसरी पनि उत्तीर्ण हुनु छ । ३२ नम्वरको खेलमा जसरी पनि सफल हुनु छ । सिक्ने, बुझ्ने र सोच्न सक्ने वनाइयो भने परिक्षाको त्रासबाट विद्यार्थीहरु मुक्त हुन सक्छन् । घोक्ने हैन बुझ्ने, रटाउने हैन बुझाउने  शिक्षा अहिलेको आवश्यकता हो । उत्तर मात्र दिने हैन प्रश्न गर्न, विश्लेषण गर्न जिम्मेवार वनाउने शिक्षा नीति चाहिएको हो । यद्दपी यो अवस्थालाई अहिले नै हामीले वदल्न सक्दैनौं होला । तर व्यवस्थित एसएलसिको कुरा गरिरहदा यसतर्फ पनि विचार गर्नु आवश्यक छ ।

चैत्र ७ गतेवाट देशभर एसएलसि परिक्षा संचालन हुन गईरहेको छ । विद्यालयमा सुरक्षित र हिंसारहित वातावरणमा अध्ययन गर्न पाउनु पर्ने वालवालिकाको अधिकारको सुनिश्चितताका लागि एसएलसि परिक्षालाई हिंसारहित वनाउन आवश्यक छ । यसका लागि सबैले हातेमालो गरौं । नसक्ने काम केहि छैन । एसएलसिलाई व्यवस्थित वनाउनु सबै सरोकारवालाहरुको दायित्व हो । विद्यार्थीहरुले निर्वाधरुपमा भयरहित वातावरणमा परिक्षा दिन पाउनु पर्छ । यसमा सायदै कसैको दुईमत होला ।

विगतमा भएका परिक्षाहरु मर्यादित तथा व्यवस्थित हुन नसकेका घटनाहरु हाम्रा सामु छ । चिट चोराउनेहरुको भिडले केन्द्रहरु ढाकिएका हुन्थे । खेतमा फोटोकपी मेसिन राखेर उत्तरहरु फोटोकपी गर्नुलाई के भन्ने ? केन्द्राध्यक्ष र गार्डहरुको नियुक्तिका लागि हुने गरेका “प्रतिस्पधार्” पनि यसका कारण हुन् कि । चिट चोर्न नपाएको झोंकमा सप्तरीमा शिक्षकको अपहरण भएको छ । चिट चोर्न नपाएको झोंकमा बाटो कुरेर शिक्षकलाई पिटिएको छ । आमाको नाममा छोरीले परिक्षा दिएको दृष्टान्त छ ।

एसएलसि परिक्षाको संवेदनशिलतालाई हृदयगंम गर्दै कसरी व्यवस्थित तथा मर्यादित वनाउने भन्ने विषयमा सरोकारवालाहरुको भुमिका कस्तो हुन्छ भनेर आजको अन्तक्रियात्मक कार्यक्रम गरिएको हो । कसलाई व्यवस्थित भन्ने हो ? कसको आँखाबाट हेर्ने हो व्यवस्थित ? चिट चोर्न नपाउनु मात्र व्यवस्थित हो कि केन्द्राध्यक्षको नियुक्तिमा पेशागत संघ संगठनको हस्तक्षेप रहित भुमिका ? वा परिक्षा केन्द्रका झ्यालमा लाग्ने अभिभावकहरुको  भिडको नियन्त्रण गर्नु ? हाम्रो ÷ सरोकारवालाहरुको भुमिका कस्तो हुने ? कसरी एसएलसि व्यवस्थित वनाउने ? के हामी बाँकेमा यस पटक नमुना योग्य परिक्षा सम्पन्न गर्न सक्छौं ? के एसएलसिको परिक्षालाई शान्तिपुर्ण रुपमा सफल वनाउदै विद्यालय शान्तिक्षेत्र वनाउने अभियानमा थप ईटा थप्न सक्छौं ?

को जाने हो परिक्षा चलिरहेका कोठाहरुमा ? अधिकारकर्मीहरु ज्याकेट लगाएर परिक्षाको अनुगमन गर्न परिक्षा हल भित्र जाने कि ?  वन्दुक वोकेर कक्षा कोठा भित्र चिट समात्न प्रहरी ? कस्तो अभिभावक ? चिट चोराउन परिक्षा केन्द्र धाउने कि आफ्ना बालबालिकाको पढाई कस्तो छ भनेर विद्यालयमा छलफल गर्न आउने । हामी भाग्यमानी छौं, विशेषत ः नेपालगंज र यस वरिपरीका वासिन्दा । कमसेकम हामीले लोडसेडि व्यहोर्नुपरेको छैन । बाँकेमा सम्भव भएसम्म लोडसेडिंग नगर्ने कि परिक्षा अवधि भरिमा । कुनै पनि राजनीतिक पार्टी वा पेशागत संगसंगठनले वाटोघाटो वन्द नगर्ने कि परिक्षा अवधिसम्ममा । विद्यालय वन्द नगर्न हामी सबै प्रतिवद्ध हुने कि जुनसुकै हालतमा पनि । जे सुकै होस् विद्यालयको सम्पत्तीको रक्षा गर्न हामी प्रतिवद्ध हुने हो कि । वन्द, हड्ताल जस्ता कार्यक्रमहरुले प्रत्यक्ष विद्यार्थीको पठनपाठनमा असर नगर्ने कुरा सोच्ने हो कि । विद्यालय परिसरमा विद्यार्थीको पठनपाठनमा असर पुग्ने गरी, भौतिक सम्पत्तीको नष्ट हुने गरी कुनै पनि क्रियाकलाप गर्न नपाउने सरकारी निर्देशिकाको पालना आफु पनि गर्ने, अरुलाई पनि गराउन लागि पर्ने हो कि ? शिक्षकहरुको पेशागत सुरक्षाका लागि, वृत्ती विकासका लागि सरकार जिम्मेवार वन्ने हो कि । वन्द र हड्ताल हुनुभन्दा अगाढि नै मागहरुको सम्वोधनका लागि सरकारले पहलकदमी थाल्ने कामको शुरुवात गरे कसो होला । राजनीतिक पार्टीहरुले समेत यस बारेमा चासो राख्नु पर्छ कि ।

अहिले चलिरहेको शिक्षकहरुको आन्दोलनलाई विर्सनुहुदैन । सायद आन्दोलन रहर हैन, वाध्यता हो । कसैको अधिकारको पालनाको कुरा गरिरहदा अरुको अधिकारको हनन्का वारेमा पनि सोच्नु पर्ने हो कि । विद्यार्थीको पढाई नै अवरुद्ध गर्ने काम शिक्षक स्वयंवाट हुने कुरामा विचार गर्ने हो कि ? शान्तीपुर्ण आन्दोलनका अन्य तरीकाहरुका बारेमा सिर्जनशिल वन्न सकिन्छ कि ?
कसरी विद्यालयको शिक्षालाई व्यवस्थित, हिंसारहित वनाउने भनेर सोच्नुपर्ने भएको छ ।  विद्यालयमा सुरक्षित तथा हिंसारहित वातावरणमा विद्यार्थीहरुले कसरी सिक्न सक्छन् ? यसका लागि हामी  कसले के गर्न सक्छौं ? प्रतिवद्धता व्यक्त गर्ने हो कि ?छलफल प्रारम्भ गरौ । वहस गरौं । निस्कर्ष निकालौं ।
(व्यवस्थित एसएलसि र सरोकारवालाको भुमिका विषयक अन्तक्रियामा प्रस्तुत छलफल पत्र )

Comments