Zambezi in Lukulu जाम्वेजी । अफ्रिकाको चौथो ठूलो नदी । २५७४ किमि लामो नदी । जाम्वियाको नाम नै यसै नदीको नाममा राखिएको छ । कंगोबाट शुरु हुने जाम्वेजी अंगोला, नामीविया र जिम्वाम्वेसंग जाम्वियालाई छुट्याउने सिमा पनि हो । म अहिले जाम्वेजी नदीको किनारमा छु । नदीको किनारमा वसेर फेसवुकिंग र ट्वीट गर्नुको रमाईलो लिईरहेको छु । फेसवुकमा भर्खरै स्टाटस अपडेट गरे “ओ जाम्वेजी, आई लाईक यु मस्ट ।” हो, म जाम्वेजी नदीको सुसाईमा वहकिदै जाम्वीयालाई फर्केर हेरिरहेको छु । जाम्वीया, लुसाकाको अन्तराष्टिय हवाई मैदानमा आजभन्दा करिव ५ महिना अगाढि उत्रिदा मेरो २ करोड मानिसहरु मध्ये कसैसंग चिनजान थिएन । विरानो थियो जाम्विया । आज ५ महिना पछि म भन्न सक्छु, मलाई माया गर्ने सयौं मानिसहरु मात्र हैन, जाम्वेजी नदीको पनि साथ पाएको छु मैले यहाँ । अफ्रिका, सुन्ने वित्तीकै रंग (कलर) दिमागमा आउँछ, सुन्ने वित्तिकै गरिवी मानसपटलमा छाउँछ । अफ्रिकालाई पुरातन आँखाले हेर्ने मेरो दृष्टिदोषबाट सम्भवत लुसाकामा रहेका मेरा नेपाली अग्रजहरुले पनि मुक्त पार्न सक्नुभएको थिएन । जाम्वियाको १० प्रान्त मध्येको एक पश्चिमी प्रान्त
- Get link
- X
- Other Apps