विल यु वि माई भ्यालेन्टाईन ?
१४ फेब्रुअरी । प्रेम दिवस । प्रेमील आत्माहरु एक हुने समय । प्रेम दिवस मनाउदै गर्दा, आर्चिज र हलमार्कका कार्डहरु एकापसमा साटफेर गर्दैगर्दा वा रातो गुलाफ उपहार दिदै गर्दा मन आल्हादित हुने गर्छ । मनहरु साच्चै प्रफुल्लित वनाउने प्रेम र प्रेम दिवसको मान्छेहरु किन विरोध गर्छन ? किन तर्सिन्छन् परम्पराका ठेकेदारहरु ? किन अप्ठ्यारो मान्छन् सेन्ट भ्यालेन्टाइनको नाम सुनेर ? प्रेम र सद्भावका महापुरुषहरु कसरी अपवित्र हुन सक्छन । के माया गर्नु वा आपसमा माया साटफेर गर्नु पाप हो ।
दुईवटा शरिरलाई एउटा आत्मा वनाउने प्रेम गर्नु कसरी अपवित्र हुन सक्छ । माया वा प्रेम स्वतन्त्र छ, धर्म भन्दा माथी छ प्रेम । जातीयता भन्दा उच्च छ प्रेम । आस्था भन्दा सगरमा छ प्रेम । माया वन्धनमा हुदैन नत यसलाई कथित जात, वर्ग वा सम्प्रदायले नै छेक्न सक्छ । त्यसैले प्रेमलाई गाली गर्नेहरु भ्यालेन्टाइनलाई मन नपराउनेहरु यसको अपव्याख्यामा दौडिरहेका हुन्छन् । के प्रेम गर्नु अपराध हो । वान्चुन्जेल वैसालु भइरहने मनहरुका लागि हो भ्यालेन्टाइन डे । जीन्दगीभरि पिरतीको महोत्सवमा रमिरहनेका लागि हो प्रणय दिवस ।
कथित प्रगतीशिलताका नाममा, कथित सांस्कृतिकताका नाममा प्रेम दिवसको चौतर्फी आलोचना हुने गरेको छ । सांस्कृतिक शुद्धता राख्ने वहानामा आत्माहरुको मिलनमा रोक लगाइएको छ । प्रेम दिवस छाडापन हो रे । गुलाफको फुल एकापसमा वाडेर सम्वन्धको स्थायित्वको कामना गर्नु भन्दा नांगाबाबाहरुको पुजा गर्नु चाहि संयमित हुने रे । अब यिनका पछि दौडिएर तर्क गर्नुको कुनै तुक छैन । कसले रोक्न सक्छ अबको दुनियामा एकापसमा प्रेमील संवाद गर्न । प्रेमील जोडिहरुको विचमा सम्वन्ध वनाउन । कुकुर भुक्दै गर्छ, हात्ती लम्कदैं गर्छ । समयानुसार प्रेमलाई स्विकार्न नसक्नेहरु अस्विकृत भईसकेका छन् । हुने वाटोमा छन् ।
प्रेम शक्ति हो । प्रेम पवित्र वन्धन हो । प्रेम भावनाहरुको मिलन हो । प्रेम ध्यान हो । हो प्रेम सर्वशक्तिमान । प्रेमको सुखद संवेग नै भनेको प्रेमी वा प्रेमीकाको सर्वथा सुखको कामना हो । घृणाको अन्त्य नै प्रेमको विजारोपण हो । प्रेम मानिसको पहिरन हेरेर हैन, मानिसको व्यवहार हेरेर गरिन्छ । जुन कहिले पनि दृश्यात्मक हुदैन । त्यसैले भनिन्छ प्रेम अव्यक्त हुन्छ । चालचलन वा अनुहार हैन, उसको आत्मालाई पढ्ने गरिन्छ । प्रेम त्यसैले भित्रबाट हुने गर्छ । यो प्रायोजित हुदैन र त मानिसहरु भन्ने गर्छन् प्रेम अन्धो हुन्छ । अन्धो यस अर्थमा कि वाहिरी आवरणसग प्रेमको कुनै सम्वन्ध हुदैन । सम्पत्ती, धाक, रवाफ वा व्यत्तित्व प्रेमील जोडिका लागि सर्वथा सेकेन्ड ह्याण्ड आवश्यकता हुन् । प्रेम अनन्त छ । अविरल छ । र अविश्राम वगिरहन्छ । दुई आत्माको मधुर मिलन शारिरीक नहोला, आत्मीय हुन्छ प्रेममा । प्रेम एउटा सच्चा हतियार हो घृणाको विरुद्ध, द्धैषको विरुद्ध । प्रेम सिकिएन भने, जानिएन भने केवल घृणाको वास हुन्छ । प्रेम चेतनाको भित्रि प्रकाश हो । प्रेम आत्माको आवाज हो ।
प्रेम अनन्त छ, प्रेम कथा अविरल वगिरहेछ । फुलैफुलको रस चुस्दै हिड्ने माहुरी पनि प्रेमी हो । वत्तीको उज्यालोमा सल्किएर भष्म हुने छिछिमिरा पनि प्रेमी । प्रेम केवल प्राप्ती मात्र हैन । प्रेम त्याग पनि हो । प्रेमलाई विवाहमा जोडेर हेर्ने हाम्रो चिन्तनमा परिवर्तन हुनु जरुरी छ । प्रेम स्वार्थभन्दा माथी हुन्छ । प्रेमको आवाजमा शक्ति छ । प्रेमको वासनामा सामथ्र्य छ । प्रेमको भोगाईमा निश्चलता छ । र त प्रेमील जोडिहरु मदमस्त प्रेममा डुवेका हुन्छन् । प्रेममा सपना हुन्छ, प्रेममा कल्पना हुन्छ । वास्तविक जीवनको गोरेटो हो प्रेम । पिरती पढिदैन, यो त हुने कुरा हो । प्रेममा कसैको केही लाग्दैन । यो एउटा यस्तो आगो हो जुन न सल्काएर सल्किन्छ, न त निभाउँदा निभ्छ नै । अलौकिक प्रकाश हो पिरती । समर्पण हो प्रेम । अहं र प्रेम सँगसँगै हिँड्न सक्दैन । प्रेमलाई महत्व दिने पिरती दिवस हो १४ फेबु्रअरी । यस्तो दिवसको महत्वलाई हामीले नसम्झिने त । हरेक दिनलाई फुलहरुको दिवस वनाऔं । हरेक दिनलाई प्रेमिल वनाऔं । हरेक दिन पिरतीमा डुवुल्की मारौं । मैले त भनिसके, उपहारको आदानप्रदान पनि गरिसके । के अब तपाई कसैलाई सुस्तरी भन्ने होइन यसपालि ः विल यू बी माई भ्यालेन्टाइन ?
This article is published in Dainik Nepalgunj on 14 Feb.
it's really feeling good to read but sometimes the situation happen in their own life people forget their promise n everything so i think just write this kinds of article to publish in newspaper but reality is nothing.............kiran really nice article keep in up
ReplyDelete