मुस्ताङ, नागेश्वर र शिक्षा


मुस्ताङ, नागेश्वर र शिक्षा
                                                                                                                                           

पौष महिनाको पहिलो शुक्रवार जनकपुरवाट नेपालगंज फर्किने क्रममा थिए । चिसो वढेको थियो । म राती हैन दिउसोको यात्रा गर्ने निर्णयका साथ वर्दिवासमा पश्चिम जाने गाढिको पर्खाईमा थिए । विहान साढे ५ तिर एउटा सेतो भ्यान वाटो छेउमा अढियो । गुरुजी मेरो कानमा आएर जाने हो भन्न थाले । मलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो। नयाँ गाढिमा जाने अवसर कसले गुमाउछ त्यो पनि मुस्ताङमा । प्रधानमन्त्रीले चढ्ने व्रान्ड । हामी तुरुन्त त्यहाँ वाट हिड्यौं । नहिडेको भए गाडि समितिका स्थानिय डनहरुले म जस्तो बबुरोलाई मुस्ताङ चढ्न कहाँ दिन्थे । 
Mustang Zeep 


चितवन वन्दका कारण हामीले लोथरमा दिन विताउनुपर्ने भयो । वन्दमा नपरी कहाँ सरासर आउन पाइन्छ अहिलेको लोकतान्त्रिक पालामा । गाडिमा ढुंगा हान्न तयार स्थानिय एक व्यक्ति माओवादी र वाबुराम भटराईको रिस हाम्रो गाडिमा पोख्न खोजिरहेका थिए । मुस्ताङ एउटा क्रेज रहेछ । प्रधानमन्त्रीले राम्रै विज्ञापन गरिदिएका रहेछन् । सबै प्रधानमन्त्रीसंग जोडेर हेर्थे । कती त गाढि नै माओवादी हो कि जस्तो गर्थे । मलाई लाग्यो नसा नसामा राजनीति छ हाम्रो समाजमा । प्रधानमन्त्रीले चढेको कारणले गाडिलाई समेत राजनीतिक रंग लगाउने गरी समुदायमा राजनीति भएछ । 

“अरु केहि भएन भन्छन् तर म दावाका साथ भन्छु धेरै परिवर्तन भए गएको २० वर्षमा ।” गाडिका गुरुजी नागेश्वर शाहका यि भनाई सायदै कसैलाई रुचिकर लाग्नसक्छ  । “वाटो वनेका छन् । गाउगाउमा गाडिहरु जान सक्ने भएको छ । अहिले त सिला खोजे जसरी खोज्नुपर्छ स्कुल नजाने केटाकेटीलाई हाम्रो समुदायमा । जवकि २० वर्ष अगाढि स्कुल जानेहरु चाहि औलामा गन्न सकिने मात्र थिए । अव पढ्छन्, केहि कुरा सिक्छन् अनि आफ्नो काम गर्छन् ।” एउटा कुरा चाहि अचम्म लागेको छ यतिधेरै पढेका मान्छे छन् , कुनै पनि कितावमा मारधाड, लडाई झगडा गर्नुहुदैन । अरुलाई दुख दिनु हुदैन भनेर लेखेको हुन्छ । तर पनि मानिसहरु सानो सानो निहुँमा पनि वन्द, हड्ताल गर्ने अनि मारधाड भने गरिरहेका छन् । यो चाहि मैले नबुझेको सत्य हो । उनले यसो भनिरहँदा मसंग जवाफ थिएन ।  
नागेश्वरले अगाढि भने, मैले पढिन । कसरी पढ्नु त्यसवेलाको पढाई कस्तो थियो भने नयाँ गाढि दिने तर खेतमा चलाउ भन्ने । सम्भव नै छैन । अर्थात पढाई कमजोर अनि परिक्षा कडा । फेल हुनका लागि किन पढ्ने भनेर मैले पढिन । 

१४ वर्षको उमेरबाट गाढिमा हिड्न थालियो । साइलेन्सरको धुवाँ नाकमा परेपछि छाड्नै नसकिने रहेछ । १६ वर्षबाट हुलास मोटरमा काम गरिरहेका उनले थपे,  नपढे पनि मसंग सिप छ, नेपालमा सिप भएको मान्छे कहिल्यै भोको वस्नुपर्दैन । यो मेरो विश्वास हो । 

मलाई भन्न मन लागेको थियो तपाईको सिप पनि शिक्षा हो । शिक्षालाई औपचारिकता र सर्टिफिकेटसंग मात्र जोडेर हेर्ने ठालुमुखि सोचका कारण तपाई जस्ताको सिपको यथोचित सम्मान छैन । सिप हुनेहरुलाई गरिने हेलाहोचोको कारण पनि नागेश्वर जी अहिलेको ठालुमुखि शिक्षा नीतिको परिणाम हो ।

केहि मान्छेहरु भन्छन्, जहाँ अन्त्य भयो भन्ने हुन्छ , शुरुवात त्यहिबाट गर । संसारमा जती पनि रुपान्तरण भए, उनीहरुले संरचनामाथि प्रश्न गरे । प्रश्न गर्नेहरु सफल भए । तर हाम्रो समुदाय, हाम्रा वुद्धिजीवि, हाम्रा शिक्षक प्रश्नबाट डराउछन् । प्रश्न गर्नेहरुलाई हावा भन्छन् । प्रश्न गर्नेहरुको वारेमा कटाक्ष गरेर रमाउछन् । तर प्रश्न गर्न सिकाउने शिक्षा चाहिएको छ यहा । 

अन्त्यमा शिक्षाविद् पाउलो फ्रेरेले यो त्यसै भनेका होइनन् होला । “शिक्षा भनेको अहिलेसम्म चलिरहेको चलन (संस्कार) के छ भनेर पत्ता लगाउने र ती  चलनहरु भित्र भएका सत्य (सांचो) र असत्य (झुठो वा गलत)  कुराहरु छुट्याई बेठिक वा गलत चलनलाई फेरेर नयां र ठिक चलनलाई अगाडी बढाउनु शिक्षा हो । साथै चुपचापको संस्कारलाई तोडेर सहि, तथ्य कुरालाई अगाडी बढाउनु, व्यक्ति, समुदाय र समाजलाई मनमा लागेका कुराहरु बास्तविक हो कि होइन छुट्याउन सक्नु तथा बानीको परिवर्तन गर्नु नै शिक्षा हो ।”

Comments