I MISS U . केहि हराएकाहरुको सम्झनामा ।

केहि हराएकाहरुको सम्झनामा ।

हराएकाहरुको संस्मरणमा केहि लेख्ने हो कि भन्ने लागिरहेको छ । कोहि कुनै काममा सारै मन लगाउनु पनि हराउनु नै हो । किताबमा गहिरिएर डुब्नुलाई पनि हामी हराएको नै मान्ने गर्छौ । हराउनु विस्थापित हुनु पनि हो । अर्को शब्दमा आउटडेटेड हुनु पनि हो । सम्वन्धित चिजविजको कुनै व्यवहारिक उपयोग हुन छाड्यो भने पनि त्यो चिज  हराएर जान्छ । वा कुनै वस्तुको विकल्पमा अर्को वस्तुले काम गर्न थाल्यो भने पनि पुरानो हराउछ । आजभोली नयाँ र पुरानो भनेर शब्दको खेती हुन थालेको छ । थाहा छैन किन हरायो वा किन हराउनु जरुरी थियो भनेर । यद्दपी हराउनेहरुले अर्को वस्तीमा अर्को समुदायमा आफ्नो वर्चस्व वनाउन शुरु गरिसकेका पनि हुन सक्छन् । वा हराउनेहरुको सम्पुर्ण रुपमा इहलिला समाप्त भैसकेको पनि हुन सक्छ ।
हेर्दाहेर्दै हामीले आफुलाई अभ्यस्त वनाउदै गर्दा थाहा नै नपाइकन हामीवाट टाँढा भएकाहरुसंगको सम्झना विर्सनालाई यहाँ पस्किने जमर्को गरिरहेको छ ।
This type of radio are suddenly disaapeared.



हिजो जस्तै लाग्छ बुवाले काँधमा वोकेर ल्याएको टेपरेकर्डर । नेशनल टेपरेकर्डर त्यो पनि जापानिज रे । कुरा २ दशक अघिको मात्र हो । घर घन्केको थियो त्यसले । विहानै भजनका क्यासेटहरु वज्ने गर्दथ्यो । सोनु निगम र कुमार सानुले मो. रफि र किशोरकुमार का गीतका क्यासेट किन्ने होड हुन्थ्यो । अझ कसको घरमा कतिवटा क्यासेट छन् भन्ने एक किसिमको प्रतिस्पर्धा नै हुने गर्दथ्यो । त्यो रेडियोमा क्यासेट मात्र वज्ने हैन वोली पनि रेकर्ड गर्न सकिन्थ्यो । खाली क्यासेटमा हजुरआमाले रामायण पढेको रेकर्ड गरेर ममीले वाकसमा सुरक्षित राखेको हिजो जस्तै लाग्छ । क्यासेटको रिल टेपरेकर्डरमा परेर फसेपछि निकाल्नको हैरान । निकालेर फेरी वजाउन सकियो भने लाग्दथ्यो संसार कै सबैभन्दा जान्ने मिस्त्री (टेक्निसियन) हो म । क्या रमाइलो थियो । क्यासेटको ए साइड र वि साइडका कुरा । क्यासेटमा गीत भरेर ल्याउनका लागि फर्माइस्हरु कति धेरै आउथे । नेपालगंज शाक्य दाईको क्यासेट सेन्टर साच्चै हाम्रा लागि स्वागत गर्न तयार थियो । पचासको मध्ये तिर आइपुग्दा नपुग्दै वजारमा नयाँ क्यासेट देखिन छाड्यो । र त्यसको ठाउ लियो सिडि चक्काले । हुदाहुदा अब सिडि पनि लोप भयो । अहिले त डिभिडि आइसक्यो । गीत सुन्न मोवाइलमा मेमोरी कार्ड । जहाँसुकै पोर्टहरु वन्न थाले । कार्ड रिडरहरु ले वजार लिइसके नि । सार्वजनिक यातायातका साधनहरुमा पनि पेन डाइभले ठाउ लिइसके ।
सर्टवेभ र मिडियम वेभका रेडियो व्याण्ड मात्र भएका रेडियो नै वजारमा पाइदैनन् अहिले । एफएम सुन्न पनि अब रेडियो हैन मोवाइलको प्रयोग वढ्दो छ ।
सिडिको प्रचलन कहिले वाट शुरु भयो एकिन छैन मलाई । यति याद छ घरमा ढाँटेर साथीको पढ्न जाने निहुमा गाउ गाउ चहारेर भिडियो हेर्न गएको पनि हिजो जस्तै हो । स्कुल वंक गरेर खजुरामा भिडियो हेर्न गएको त्यो पनि फुल और काँटे । टिभि हेर्नु नै भिडियो हो भन्ने त घरमा सिडिमा फिल्म हेर्न थालेपछि वल्ल थाहा भो । अहिले ति भिडियो पार्लरहरु कहाँ गए कहाँ । साथीहरु जम्मा भएर २० २० रुपैया उठाएर एउटाको घरमा रात भरी भिडियो भाडामा ल्याएर हेर्ने दिन सम्झदा अहिले पनि अचम्म लाग्छ । भिडियोमा टिभी, भिडियो प्लेयर र क्यासेट पाइन्थ्यो । नेपालगंजको चर्चित पसल थियो भिडियो पार्लरको डायमण्ड भिडियो पार्लर । रातभरी भिडियो हेरयो अनि विहानै स्कुल आखाँ मिच्दै । पक्का थियो सरको गाली र लाठि ।
अलि अलि सम्झना छ मलाई । तर मैले पढिन । २ रुपैया भाडामा उपन्यास पढ्ने । हिन्दी उपन्यास । डायमण्ड पकेट बुक्स लगायतका । मैले कमिक्स चाहि पढे । चाचा चौधरी, हिम्यान, दारा सिंह लगायतका पात्र भएका । चित्रै त्रित्रको किताब । यी पनि खै कुन दुनियामा छन् अहिले थाहा भएन । आजभोली ती नोभेलका पारखीहरुको कुरा मान्ने हो भने अहिलेका हिन्दी च्यानलको सिरियल जस्तै कथा हुन्थे रे । सौतन कि वेटी, ससुरालमे धोखा, मौत और प्यार, प्यारमै पागल , दिवाना हुआ वो । यस्तै यस्तै शिर्षक उपशिर्षकका ।
क्यामेराको रिल । यसको महिमा पनि भनिसाध्ये छैन । फोटो खिच्न त कि कसैको विहेमा जानु पर्यो । कि भने स्कुलको पिकनिक । नत्र फोटो खिचेको मलाई याद छैन । मेरो एकजना अंकल पर्ने हुनुहुन्थ्यो । उहाँ फोटोग्राफीको सौकिन व्यक्ति । काँधमा यासिका क्यामेरा झुण्डयाएर फोटो खिच्न हिडिरहने । कक्षा ७ मा पढ्दा हो मैले पहिलो पटक फोटो खिचेको । मेरो पुरानो सानोको फोटो कसरी खिचियो मलाई थाहा हुने कुरा भएन । मैले पोज दिएर खिचेको त्यतिबेला नै हो । कहिलेकाहि उहाँ घरमा आउदा सारो रहर लाग्थ्यो मलाई फोटो खिच्न । क्या रमाइलो हुन्थ्यो त्यतिबेला । हात र मुख धोयो अनि हतारिएर सफा नयाँ लुगा लगाइमाग्यो । दौडेर फुलवारीको अगाढि वस्यो अनि खिच्यो । कहिलेकाहि रिल छैन भन्दा कम्ती नरमाइलो लाग्थ्यो । अनि कहिले चाहि शुरु मै फोटो खिच्यो । त्यो फोटो धुलाउन मात्र पनि नमिल्ने । सबै रिल पनि नसकेको बेलाको प्रतिक्षा कम झण्झटलाग्दो हुदो रहेछ भनिसाध्ये नै छैन ।
पिकनिक जानु भन्दा अगाढि नै रिल किन्न साथीहरुसंग मिल्नु पर्ने । क्यामेराको जोहो गर्नुपर्ने । ओहो कम आपत पथ्र्यो रिल हाल्न । अध्यारो चाहिन्छ नत्र जल्छ रे रिल भनेर कम पिर हुन्थ्यो । निकाल्न पनि त सास्ती । भाग्य वलियो भए ४० वटा सम्म खिच्न पाइन्थ्यो । नभए ३६ मै चित्त वुझाउनुपर्दथ्यो । अनि धुलाउदा अर्को सास्ती । धुलाउनु भन्दा अगाढि चाहि डेभलपिंग गर्ने । अनि नेगेटिभ हेरेर फोटो धुलाउन दिने गरिन्थयो । हेर्दाहेर्दै रिलको जमाना गयो । कोडाक सन् २००९ को मध्ये तिर फोटो रिलको उत्पादन गर्न औपचारिक रुप मै वन्द गर्यो ।
Where is gone ?

फोटो एल्वमको कुरा त झन् नि । कोहि साथी घरमा आयो कि खै एल्वम हेरु  भनिहाल्ने । अनि फोटो हेरेर कमेन्ट गर्ने । अहिलेको फेसवुकमा जस्तो । आजभोली सायदै कोहि एल्वम हेर्ने हुन्छ । फोटो प्रतिको क्रेज प्रिन्ट गर्न हैन कम्प्युटर र ल्यापटप मै राख्न वढि छ । त्यो पनि तात्तातो फेसवुकमा अपडेट गर्यो वातै खतम ।
अर्को एउटा प्रचलन थियो मेरो स्कुल जिवनमा । अटो भर्ने । अटोका लागि फोटोको जोहो गर्न पनि मौका पर्खनुपर्ने । कति अटो भरियो । याद छैन । तथापी जती भरियो फोटो पछि ल मै भयो होला फोटोको सर्टेज नी । अनि अटोमा मनपर्ने कुरा लेख्नुपर्ने । कम हैरानी हुन्थ्यो । आफ्नो त अक्षर पनि भनिसाध्य नराम्रो । हायर गर्नुपर्ने अर्कोलाई । झन्न साथीहरु सहयोगी थिए । अब अहिले सम्झनाका लागि अटो खासमा डायरी दियो भने के होला । मोवाइलमा नम्वर सेभ गर । फेसबुकमा एड गर वा याहु वा स्काइपको ठेगाना देउ न भेट भइहाल्छ ।
हराएको अर्को एउटा चिज हो । पैसा । मोहोर । वा डलर । पाँच पैसा र दस पैसा त मैले पैसा चिन्ने वेला नै हराइसकेको थियो । तैपनि ५ पैसा जाने गोली मिठाई चाहि पाइन्थ्यो है । २५ पैसा र ५० पैसा चाहि चल्ती मै थियो । ५० पैसा तिरेर वरफ खाएको १५ वर्ष अगाडि नै हो । अब अहिले यी पैसाहरु देखिन नै छाड्यो । हाम्रा वुवाहरुको पालाको एक पैसा र दुई पैसा हामीले देखेनौं । यसरी नै हेर्दा हेर्दै २५ र ५० पैसा पनि गायब भए ।
हराएको श्रेणीमा पर्छ होला व्ल्याक एन हवाइट टिभिहरु । श्यामश्वेत टिभि वनाउने कम्पनी पनि वन्द भयो होला । मोवाइलको पनि त किस्सा यहि हो नि । कलर वाहेकका मोबाइल सायद नोकियाले पनि वनाउन छाड्यो होला नोकिया ११२० ।
BYE BYE

सिएफल चिमले साधारण चिमलाई खाएको धेरै कहाँ भएको छ र । ४ ५ वर्ष न भयो । याहु मेसेन्जरको च्याट रुममा अल्मलिएर घण्टौ विताउने वेलामा फेसबुकको कल्पना पनि गरिएको थिएन  ।
सायद यो प्रविधिको पुस्तान्तरण पनि होला । अनि चमत्कारिक उपलव्धि पनि । नयाँ प्रविधिसंगको अभ्यस्त हुन सकिएन भने कहि भोली हामी नै पनि हराउने त हैन । मनन गरौं । हेर्दाहेर्दै हामीले प्रयोग गर्दागर्दै पुरानाको ठाउ नयाँले लिइरहेको छ । समय परिवर्तन भैरहेको छ । परिवर्तन यति छिटो भैरहेको छ कि हामीले थाहा नै पाइरहेका छैनौं । थाहा पाउनु र परिवर्तनमा अभ्यस्त हुनु र स्विकार्न सक्नु मै सबैको भलो होला । मानव निर्मित कुनै पनि वस्तु, सेवा वा विचार अटल, अकाट्य, चिर स्मरणिय हुदैनन् भनेर जनाउ दिनका लागि माथीको उदाहरण पर्याप्त हुन्छ होला । विकल्पहरुको वारेमा सोच्नु, घोत्लिनु र विकल्पहरु हुन्छन् भनेर विश्वास गर्नु महत्वपुर्ण कुरा हो । कमसेकम विगत २० वर्ष यताका गायब भइरहेकाहरुको सुचिले यसै तर्फ इगिंत गरिरहेको छ ।      
TIME IS GONE.

Comments

Post a Comment