poems

ठुलीकान्छी

तातो घाममा',मकै भुतिरहेकीछे,
मकै संगै हाडिभित्र व्यथाहरु भुतिरहेकीछे,
छटपटी रहेका छन् मकै हरु हाडिभित्र
ठुलीकान्छी का पिडा जस्तै ,
चिरा परेका भाग्यका कप्तेराहरुले
सहालेर सपनाहरु भुट्छे,
मकैका फुल जस्तै उछिट्टीएका

रहर लाग्दा वैंशहरु टिपेर हाडिभित्र सेकाउछे,
ठुलीकान्छी तातो घाममा', मकै संगै व्यथाहरु भुतिरहेकीछे,
कलेटी परेका ओठहरु सुकाएर सडक हरुमा सपना बुन्छे,
मैलो मजेत्रोले पसिना पुस्छे,
गुम्सिएका मकै जस्तै रहरहरु,नांग्लो मा फिजाएर
सपना हरुमा नुन छर्कंछे ,
By : Krishna Paudel

Comments