कार, सपना र जाम्वियन अनुभव

म सपनाको कुरा गर्दै छु । कार सपना । मैले देखेको सपना । सानैमा देखेको हो कार हुईक्याँउने सपना । त्यो पनि आफ्नो । पुरापुर व्यक्तिगत । परिवारसंगै देश दर्शनमा घुम्न जाने । के यो सपना म जस्ता मोटरसाईकल चढ्ने औसत मध्यम आम्दानी भएका नेपालीहरुका लागि सम्भव छ ?

मेरो कार सपना उडन्ते भईसकेको थियो । कहि विस्मृतिमा हराईसकेको थियो । तर जाम्विया, जहाँबाट म यो व्लग लेखिरहेको छु, ले यो सपनालाई व्यूँझाईदिएको छ । म त्यहि सम्भावनालाई जाम्वियाको अनुभवका आधारमा शेयर गर्दै छु ।

मलाई थाहा छैन, तर भौगोलिक रुपले एकदमै टाढा (नेपालसंग तुलना गर्दा) रहेको जापानबाट आयातित कार चढिरहेका छन् जाम्वियनहरु । र त्यो कारको मूल्य जव मैले थाहा पाएँ । जिव्रो टोकेको टोकै भए म । अर्थात हामी नेपालीहरुले नयाँ मोटरसाईकल किन्ने पैसामा यहाँ कार चढ्न पाईन्छ । त्यो पनि विल्कुल सन् २००४ देखि पछिका नयाँ व्रान्ड अनि अटोमेटिक फक्सँन भएका टोयोटा, निसान लगायत कम्पनीहरुका न्यू ब्रान्डहरु

जाम्विया दक्षिण अफ्रिकामा पर्ने भुपरिवेष्ठित देश । पश्चिमाहरुले लगाईदिएको ट्यागका आधारमा भन्नुपर्दा अविकसित । बाटोघाटो उत्ती राम्रा पनि छैनन् । आउने वित्तिकै मेरो कार सपना व्यूझाईदियो जाम्वियाले । जाम्वियामा मोटरसाईकल भन्दा वढि छन् कार ।  “तपाईलाई अचम्म लाग्छ यहाँ मान्छे भन्दा वढि कार देख्नुहुन्छ, ” मलाई एनआरएन जाम्वियाका अध्यक्ष विदुर खनाल सरले यसो भन्दै लुसाका घुमाउनु भा’को थियो । हुन पनि हो, सडकपेटीमा मान्छे हिडेको देखिदैन, बरु कार दौडिएको प्रशस्त देखिन्छ लुसाकाका सडकमा । जोसंग पनि, जता पनि । हाम्रो देशमा मोटरसाईकल कुदेजस्तै यहाँ कार कुदिरहेका हुन्छन् । कार हुनु यहाँ नौलो कुरा हैन, काम गर्ने हरुका लागि । अर्थात् नेपालमा मासिक ३०–४० हजार आम्दानी गर्नेहरुले यहाँ कार चढ्न मज्जाले सक्छन् ।

“कार चलाउन जान्दिन” भनेको त मलाई अर्कै ग्रहबाट आएको झैं पो गरे त जाम्वियन साथीहरुले । नियाम्वे, मेरो अफिसको साथी मलाई भन्दै थियो, “कार उनीहरुका लागि दैनिक आवश्यकता हो रे ।” मेरो तलव भन्दा करिव आधा तलव पाउने उसंग मैले कहिल्यै नचढेको निशान एक्सटेरो एसयुभि अटोमेटिक कार छ । जसमा गियर चलाईरहनुपर्दैन । एअर व्याग सहित अत्याधुनिक सबै सुविधा । कार सन् २००६ मा वनेको हो । उसले त्यो कार जम्मा जम्मी नेपाली ६ लाखमा किनेको हो । दर्ता प्रक्रियामा मुस्किलले उसको २० हजार खर्च भयो । वार्षिक कार नवीकरणका लागि १० हजार रुपैंया खर्च गर्छ उ । पेट्रोलबाट चल्ने उसको कारले १३ को माईलेज दिन्छ त्यो पनि धुलाम्मे र हिलाम्मे जाम्वियन गाउँले सडकमा समेत । आफ्नो कार देखाउँदै उसले मलाई सोध्यो, नेपालमा कति पर्छ होला नि ? मैले अनुमान गरेर भने, करिव करिव पर्ला नेपाली ४०–५० लाख । उ त आत्तीयो । हत्तेरीका । ओ गड, उसले भगवान् पुकार्यो ।

जाम्वियामा मात्र हैन, तेश्रो विश्वका अधिकांश देशहरुले जापानी सेकेन्ड ह्याण्डकारहरु आयात गर्छन् । नेपालमा पनि सेकेन्ड ह्याण्ड कार ल्याउन अनुमति दिने हो भने कार सपना पुरा हुने पुरापुर सम्भावना देखिरहेको छु म । सेकेन्ड ह्याण्ड भनेका थोत्रा हुन् भन्ने भ्रम चाहि हामीले नपालौं किनकी गाडि एकदमै नयाँ र केवल २०–३० हजार किमि चलेका पनि सारै सस्तोमा निर्यात गर्छ जापानले । यसवारेमा मज्जाले गुगल सर्फ गर्न पनि सकिन्छ ।
मलाई कत्ति पनि थाहा छैन, किन नेपालमा जापानी सेकेन्ड ह्याण्ड कारहरु आयात गर्न नदिईएको होला । किन सवारी साधनमा यति धेरै चर्को राजस्व लिईएको होला नेपालमा ?
यातायात व्यवस्था कार्यालयको तथ्यांक  अनुुसार नेपालले गत आर्थिक वर्षमा ९५९५ र यो आर्थिक वर्षको प्रथम ६ महिनामा ५ हजार ७ सय २१ कार, जिप भ्यान दर्ता भएका छन् । र यहि अवधिमा गत वर्ष १७५३८१ र यो आर्थिक वर्षको प्रथम ६ महिनामा ८७१७८ मोटरसाइकल दर्ता भएका छन् । राष्ट वैंकको तथ्याक अनुसार नेपालले वार्षिक करिव २६ अर्व रुपैंया वरावरको सवारी साधन आयात गर्ने गरेको छ । यो तथ्यांक निरन्तर उकालो लागिरहेको छ प्रत्येक वर्ष ।

यस आधारमा भन्नुपर्दा, यदि सेकेन्ड ह्याण्ड कारको आयात गर्न दिईयो भने नेपालबाट विदेशिने रकममा धेरै वचत हुन सक्छ । अर्को कुरा, पेटोलियम पद्धार्थको आयात वढ्छ भन्ने तर्क छ, त्यो एकदमै धेरै पक्कै वढ्ने हैन । मेरो सोझो हिसावमा, २६ अर्वको आयातलाई १० अर्वमा झार्न सकियो भने पेटोलियम पद्धार्थ त केवल ५ अर्व त वढि हुने हो नि । यस अर्थमा पनि देशको ९ अर्व त पक्कै वचत नै हुन्छ । अर्थात यति रकम नेपालमा नै वचत हुन्छ । मोटरसाईकलको आयातमा समेत कमी आउँछ । एउटा घरमा ३ वटा सम्म मोटरसाइकल राख्ने हाम्रो परिवारपनि छ नि हैन ।

मेरो सपनाको वाधा चाहि २ वटा हुनसक्लान् । वातावरण प्रदुषण । र बाटो गतिलो छैन । मलाई लाग्छ, वातावरण प्रदुषणका कुरा हुदैन । किनकी अहिले पनि नेपाली सडकमा करिव ५० प्रतिशत अर्थात ७ लाख भन्दा वढि सवारी साधनहरु ६ वर्ष अगाढिका नै छन् । वायु प्रदुषणको मापदण्ड पुरा गर्न नसक्ने सवारी साधनलाई आयातमा नै रोक लगाउन सकिन्छ र यसको चेकजाँच नेपालमा हैन, जापानमा नै गर्न सकिन्छ । अझ जापानले नै वायु प्रदुशित कारहरुलाई निर्यात गर्ने अनुमती दिदैन ।

रह्यो बाटोको कुरा । म त सकारात्मक पो छु यसबारेमा । अव वन्ने बाटाहरु कार मैत्री वन्नेछन् । खेतमा अर्थात २ फुटे बाटो निकाले कै भरमा घर वनाएर शहर कूरुप वनाउने कुरामा कमी आउँछ र व्यवस्थित बाटो घाटो वन्दै जानेछ । अर्थात जहाँ ईच्छा, त्यहाँ उपाय ।

केहि मानिसहरु आफैंले उत्पादन गरे भईहाल्यो नि पनि भन्नेवाला छन् । तर मलाई लाग्छ, आफैंले उत्पादन गरेपनि कार यति सस्तो हुदैन । अर्को कुरा कार हामीले उत्पादन गर्ने कुरा हाँस्यास्पद मात्र हो । त्यसैले कार केवल सम्भ्रान्त र ठूला भनिनेहरुको मात्र पेवा नवनाउ ।

किनकी हामीले आफैंले वनाउन नसके पनि हाम्रो सपनालाई पुरा गर्न त सक्छौं नि । कार सपना पुरा हुनका लागि सम्वन्धित सबैको ध्यान जाओस् । नेपाल फर्किने वित्तिकै आफ्नै कार किन्ने सपनामा म त यहाँ कार चलाउन पनि सिकी पो रहेको छु त ।

Comments

  1. Walking in my own car was a dream.

    ReplyDelete
  2. dharai ramro lekha sathi jhami nepali takata ho kata yo kura mero pani japan ma nisan ko 2 hand car cha tara price u don,t belived only 1 lakhs nepali bara bar pani parena mailage 11km cha / tara yata tax nepali 30,000 rs ra harek 2 barsa ma saken (examination) 50 hajar kharcha lakcha

    ReplyDelete
  3. खुसी लाग्यो, माईसंसार मार्फत आएको ब्लग हेरे । त्यसपछी तपाईको ब्लगमा पनि छिरे । रमाइलो लाग्यो यती राम्रो र सरल भाषामा नेपाली ब्लग पढ्न पाएकोमा । अहिले लाई खुसी र धन्यबाद भन्दा अरु के दिन सक्छु र ? ब्लग मेरो पनि चाखको बिषय हो तर नियमितता दिन म पनि सक्दिन । नेपाली सरल भाषा र नेपाली जिवनसग आफ्नो कर्मथलो बिदेशमा देखे भोगेका कुरा भावनालाई नेपाल र नेपालीसग जोडेर लेख्ने सैली मलाई सारै पर्छ । हरेकका ब्याक्तिगत अनुभव र सोच हुन्छन नै तर तिनै अनुभव सोचलाई ब्लग वा अन्य माध्यमबाट सार्वजनिक गर्दा केहीलाई जानाकारी र फाइदा मिल्छ भने आफ्नो ब्याक्तिगत कार्यको पनि सार्थकता हुन्छ भन्ने मलाई पनि लाग्छ । फेरी रमाइलो पनि हुन्छ बिदेशको रहनसहन चालचलन र नेपालको चालचलन मिसाएर पस्कदा । जे होस साथीको सफलताको शुभकामना ।
    gsnepali.blogspot.com

    ReplyDelete
  4. Tax free bhaiyo bhana sambhab xa sathi car cheadna nepal ma pani. Yesko lagi sabai la kosis garau na hudai na!

    ReplyDelete

Post a Comment